डिशहोमका ग्राहकलाई १० एमबिपीएको इन्टरनेट सित्तैमा, २ सय थप्दा २५ एमबिपीएस पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 07:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिटिएच टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्बो प्याकेजको रूपमा यस्तो सेवा दिन थालिएको डिस होमले जनाएको छ । 

कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार यो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क १० एमबीपीएस गतिको इन्टरनेट चलाउन सक्ने छन् । वार्षिक ७ हजार २०० अर्थात मासिक ५ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले यो सेवा पाउने छन् । 

मासिक ६ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले थप २३३ रूपैयाँ थप्दा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् । 

डिशहोमले प्रिमियम प्याकेजको मूल्य पनि महिनाको ७ सयबाट ६ सयमा झारेको छ । यसमा महिनाको २३३ रूपैयाँ थप तिर्दा २५ एमबीपीएसको इन्टरनेट पाउन सकिने छ । 

डिशहोमको यो इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्र पाउन सकिने छ । फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरुमा विशेष छुट दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved