एनसेलले बढायो अन्तराष्ट्रिय कलको शुल्क, अब कुन देशमा फोन गरेको कति ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 08, 2021 | 05:00:36 PM मा प्रकाशित

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको कम्पनीले जनाएको छ ।

गत जेठ ९ गते  प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो । 

नयाँ परिमार्जित अन्तराष्ट्रिय कल शुल्क अनुसार १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ । 

यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो । 

अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको बताएको छ । विगत ५ वर्षमा एनसेलले अन्तराष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोड भन्दा बढि नोक्सान भोगेको दाबी गरेको छ । 

प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन  गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved