डिशहोमको फाइबरनेट धरानमा: निःशुल्क डिशहोम, १०० एमबिपीएससम्मको इन्टरनेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 12:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको फाइबरनेट सेवा धरानमा पनि विस्तार भएको छ ।  राजधानी काठमाडौंसहित मुलुकका प्रमुख शहरहरूमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासपछि अहिले धरानमा सेवा सुरु गरेको हो ।

कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै शहरहरूमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीव्र बनाउने जानकारी दिएको छ । 

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App  र  XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ।  फाइबरनेटका योजनाहरु १०एमबीपीएसदेखि १०० एमबिपीएस सम्म उपलब्ध छन् ।

कम्पनीले चाँडै २०० एमबीपीएस गतिको पनि इन्टरनेट सुरु गर्ने योजना बनाएको बताएको छ । त्यस्तै, कम्बो प्याकेजअन्तर्गत लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्करुपमा १० एमबीपीएस गतिको इन्टरनेट र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा सित्तैमा प्राप्त गर्न सकिनेछ । 

जसअनुसार वार्षिक सात हजार दुई सय रुपैयाँ (मासिक छ सय रुपैयाँ)मा डिशहोम लाइफस्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ भने बार्षिक १० हजार रुपियाँ (मासिक ८३३ रुपियाँ)मा डिशहोमको लाइफस्टाइल प्याकेज र २५ एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ । 

छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले उल्लेख गरेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved