टेलिकमका हाकिमलाई कर्मचारीले रातभर कार्यालयमै थुनेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 03:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी आफ्नै कर्मचारीबाट थुनिएका छन् । उनलाई मंगलबार आफ्नै कर्मचारीले रातभर कार्यलयमै थुनेका हुन् । बुधबार (आज) दिउँसोसम्म माग पूरा गर्ने सर्तमा उनीहरुले हाकिमलाई आज बिहान छोडिदिएका छन् ।

कर्मचारी विनियमावली संशोधनको विषयमा टेलिकमका सबै कर्मचारी युनियनहरू संयुक्त आन्दोलनमा रहेका छन् । कर्मचारी युनियनहरुले प्रबन्ध निर्देशक, उप–प्रबन्ध निर्देशक, निर्देशक जस्ता उच्च तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थाले निरन्तरता पाउनुपर्ने कर्मचारीहरुको माग छ । 

उप–प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने व्यवस्था रहेकोमा नयाँ विनियमावलीले यो व्यवस्था हटाएको छ । क्यापिङको व्यवस्था हटाउँदा तल्लो तहमा कार्यरत कर्मचारीको बढुवा रोकिने भन्दै कर्मचारी युनियनले विरोध गर्दै आएका छन् ।

लोकसेवा आयोगले पनि सिनियर तहका कर्मचारीमा रहँदै आएको क्यापिङको प्रावधान हटाएको छ । प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved