अब जनकपुरमा पनि डिशहोम फाइबरनेट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 01:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुरमा पनि डिशहोम फाइबरनेट सेवा पुगेको छ ।  डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोमGO App XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका फाइबरनेटका योजनाहरु १० एमबिपीएसदेखि १०० एमबिपीएससम्म उपलब्ध छन् ।डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । 

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपूर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले उल्लेख गरेको छ। 

 उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले डिशहोम फाइबरनेट सुरु गरेको हो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved