बिदा भए दूरसञ्चार प्राधिकरणबाट वरिष्ठ निर्देशक आनन्दराज खनाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2021 | 10:32:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले शुक्रबारदेखि अवकाश प्राप्त गरेका छन् । करिब १५ वर्षदेखि दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणमा कार्यरत खनालले समय समयमा निमित्त अध्यक्षको रुपमा पनि कार्यभार सम्हालेका थिए । 

२०६२ साल चैत २२ गते खुला प्रतिस्पर्धाबाट प्राधिकरणको निर्देशक नियुक्ति पाएका उनी २०७४ साउन १७ गतेदेखि निरन्तर वरिष्ठ निर्देशकको रुपमा कार्यरत थिए । तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनलाई २०७५ पुस १७ गते मन्त्रालयमा विज्ञको रुपमा तानेर राखेका थिए । 

बाँस्कोटा मन्त्री रहेकै समयमा उनीसँग विवाद भएपछि खनालले जिम्मेवारी पाउन छाडे । बिना जिम्मेवारी उनलाई मन्त्रालयमै थन्क्याउने काम भयो । दूरसञ्चार क्षेत्रमा प्राविधिक विषय र नीति निर्माणमा उत्कृष्ट दक्षता राख्ने खनाललाई केपी ओली नेतृत्वको सरकारकाले प्राधिकरणमा कुनै जिम्मेवारी नदिई मन्त्रालयमै जगेडाका रुपमा राखिदियो । जसले गर्दा उनी मन्त्रालयबाट प्राधिकरणमा नफर्की बिदा भए । 

उनी बाहिरिएसँगै प्राधिकरणका वरिष्ठ निर्देशकको दुई पद खाली भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved