भायानेटको पर्पल प्याक अफर, इन्टरनेट र टिभीसँगै ४८ जीबी डेटा सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 04:31:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेटले पर्पल प्याक अफर ल्याएको छ । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँग–सँगै एनसेल सिम सित्तैमा पाउने छन् । उक्त सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने भायानेटले जनाएको छ । 

त्यस्तै, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६ सयमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ । 

सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै नै अल–इन–वान रहेको कम्पनीको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved