नेपाल दूरसञ्चार प्राधिकरणले जित्यो पब्लिक सेक्टरको बिपीए अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 06:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले प्रदान गर्ने अवार्ड जितेको छ ।  पब्लिक सेक्टरमा सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले प्राधिकरणलाई अवार्ड प्रदान गरेको हो ।

प्राधिकरणलाई आईक्यानले  नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो । आईक्यानले उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई आज आइतबार नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो ।   

आईक्यानले विभिन्न ५ विधामा यो अवार्ड प्रदान गरेको हो । बैंकिङ सेक्टर, फाइनान्सियल सेक्टर, इन्स्योरेन्स सेक्टर, इन्स्योरेन्स सेक्टर, पब्लिक सेक्टर इन्टिटि र जनरल सेक्टर विधामा अवार्ड प्रदान गरिएको हो । 

जस अनुसार बैंकिंङतर्फको अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले जितेको छ भने नेपाल एसबिआई बैंक दोस्रो भएको छ । फाइनान्सियल सेक्टरको अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ भने लुम्बिनी विकास बैंक दोस्रो उत्कृष्ट भएको छ ।  जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ भने चिलिमे हाइड्रो र एनएनसीएचएल संयुक्त रुपमा दोस्रो उत्कृष्टमा पर्न सफल भएका छन् । इन्स्योरेन्स सेक्टरमा भने कुनै पनि कम्पनीको तोकिएको अंक नपुगेकोले कसैले अवार्ड नपाएको आईक्यानले जनाएको छ ।  

आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । 

सम्पादकीय नोट: यस अघि नेपाल दूरसञ्चार प्राधिकरण हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved