कुलमानका कारण मासिक ३ सय रुपैयाँले बढ्यो इन्टरनेटको शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 05:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले इन्टरनेटको शुल्क बढाउने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएको र आफूहरुले त्यसलाई पुनरावलोकन गर्न गरेको आग्रह नमानेपछि इन्टरनेटको शुल्क बढाउनु परेको आईस्पानले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री पम्फा भुसाल पोल भाडाको सम्बन्धमा कुनै पनि पुनरावलोकन नहुने अडानमा कायम रहेपछि इन्टरनेट सेवाप्रदायकले एकाएक शुल्क बढाएका हुन् । 

आइस्पानले शुल्क बढाउने निर्णय दूरसञ्चार प्राधिकरणसमक्ष पेश गरिसकेको छ । शहरी क्षेत्रमा मासिक १५० र ग्रामीण क्षेत्रमा मासिक ३ सय रुपैयाँसम्म शुल्क बढाएर आइस्पानले प्राधिकरणमा दर रेट पेश गरेको छ । 

विद्युत प्राधिकरणले ५ सय प्रतिशतसम्म पोल भाडा बढाएपछि इन्टरनेट सेवा प्रदायकहरु शुल्क बढाउन बाध्य भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved