एनसेल फोरजी मार्फत ईपीएल अनलाइन हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 08:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट असोज ९ गते शनिबारबाट शुरु हुन लागेको ‘बजाज एभरेस्ट प्रिमियर लिग ईपीएल प्रत्यक्ष हेर्न सकिने भएको छ। प्रतियोगितामा एनसेल कनेक्टेड पार्टनरको रुपमा रहेको छ  ।

आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको जनाएको छ । 

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ । सन् २०१६ देखि शुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । 

ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved