एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ वटा स्मार्टफोन जित्ने सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 06:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले चाडपवए योजना ल्याएको छ । योजना अन्तर्गत आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् । 

यो योजना असोज २१ बाट लागु हुने छ । योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने २१ जना ग्राहकले १÷१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउँनेछन् ।

यस देखि बाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् ।

यो योजना पाँच हप्ता अर्थात कार्तिक २४ गते सम्म संचालनमा रहनेछ । योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्न कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । 

ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved