टेलिकमले ल्यायो पोस्टपेड र प्रिपेड ग्राहकका लागि अफरै अफर, इन्टरनेटमा पनि आकर्षक प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 08:29:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले हाल उपलब्ध सेवा सुविधा र अफरलाई थप परिमार्जन गरि अटम अफर ल्याएको छ। यो अफर कात्तिक १ देखि ९० दिनसम्म लागु हुने टेलिकमले जनाएको छ।   

टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप परिमार्जन गरी अटम अफर ल्याएको हो।  

टेलिकमले ल्याएको अफर अन्तर्गत सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले रु. २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा Add-On Pack को रुपमा खरिद गर्न सक्नेछन् ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी Add-On Pack कै रुपमा खरिद गर्न सक्नेछन् । 

यसैगरी अटम अफरमा सेवाग्राहीले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सक्नेछन् । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने Add-On Pack खरिद गर्न सक्नेछन् ।

यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी Add-On Pack कै रुपमा खरिद गर्न सकिनेछ । 

त्यस्तै टेलिकमले ल्याएका सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफरमा जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध १ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित Add-On Pack खरिद गर्न सकिनेछ ।

त्यस्तै टेलिकमले ल्याएको सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफरमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित Add-On Pack खरिद गर्न सकिनेछ ।

त्यस्तै टेलिकमले ल्याएका सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफरमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित Add-On Pack खरिद गर्न सकिनेछ ।

त्यस्तै टेलिकमले ल्याएको सस्तो प्रिपेड कम्बो प्याक अफरमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने Add-On Pack खरिद गर्न सक्नेछन्।

यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध  हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबिपिएस रु.१७,१०० र ८० एमबिपिएस रु.२२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले Set Top Box (एसटिबी) उपलब्ध हुनेछ।

यही सेवा ३ महिनाको लागि २५ एमबिपिएसको रु.४,१०० मा ४० एमबिपिएसको रु.५,५०० मा र ८० एमबिपिएसको जम्मा रु.७,२०० मा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिंदा २५ एमबिपिएस रु.१,४००मा, ४० एमबिपिएस रु.१,८५० मा र ८० एमबिपिएस जम्मा रु.२,४५० मा उपलब्ध हुनेछ । 

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सक्नेछन। यसमा २५ एमबिपिएस डाटा रु.१,०००मा, ४० एमबिपिएस डाटा रु.१,५०० मा र ८० एमबिपिएस डाटा रु.२,०००मा उपलब्ध हुनेछ । यी सेवाहरु ३ महिनाका लागि लिंदा २५ एमबिपिएस डाटा रु.२,८५० मा, ४० एमबिपिएस लिंदा रु.४,२०० मा र ८० एमबिपिएसलाई रु.५,५०० मा लिन सकिनेछ । यो सेवा वार्षिकरुपले लिंदा २५ एमबिपिएसको रु.१०,५०० मा, ४० एमबिपिएसको रु.१५,३०० मा र ८० एबिपिएसको रु.२०,५०० मा उपलब्ध हुनेछ ।

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ । 

एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ । यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिंदा ५० एमबिपिएसको रु.२४,८०० मा, ८० एमबिपिएसको रु.३२,८०० मा र १०० एमबिपिएसको रु.४०,८०० मा उपलब्ध हुनेछ । ३ महिनाको लागि डाटा सेवा लिंदा ५० एमबिपिएसको रु.१२,६०० मा, ८० एमबिपिएको रु.१६,५०० मा र १०० एमबिपिएसको रु.२०,००० मा उपलब्ध हुनेछ  । एक महिनाको लागि ५० एमबिपिएसको रु.४,५०० मा, ८० एमबिपिएसको रु.६,००० मा र १०० एमबिपिएसको रु.७,५०० मा उपलब्ध हुनेछ । 

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५,१७८ मा, ८० एमबिपिएसको रु.६,६७८ मा र १०० एमबिपिएसको रु.८,१७८ मा उपलब्ध हुनेछ । ३ महिनाको सेवा लिंदा ५० एमबिपिएसको रु.१४,५२३ मा, ८० एमबिपिएसको रु.१८,४२३ मा र १०० एमबिपिएसको रु.२१,९२३ मा उपलब्ध हुनेछ । एक वर्षको सेवा लिंदा ५० एमबिपिएसको रु.३१,३०९ मा, ८० एमबिपिएसको रु.३९,३०९ मा र १०० एमबिपिएसको रु.४७,३०९ मा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन ।    

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट https://www.ntc.net.np/ मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।  


  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved