डिसहोम फाइबरनेटको ४० एमबिपिएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2021 | 08:54:57 AM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाईदाको आईपीटिभी” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा आईपीटिभी सित्तैमा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिसहोम फाइबरनेटको ४० एमबिपिएस को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटिभी को बार्षिक सब्स्क्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स,  र  जडान सेवा सबै निशुल्क पाउनेछन् ।

साथै डिसहोम फाइबरनेट ले यस अघिनै १०० एमबिपिएस को इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved