क्यान इन्फोटेक माघ १८ गते देखि २३ सम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 05:43:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । 

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुवल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण हो ।

इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड को दोश्रो लहरका स्थगित भएको थियो ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिजले गरेका छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved