टेलिकमको नयाँ वर्ष अफर, यस्ता छन् डाटा र भ्वाइस प्याकमा पाईने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 06:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ । टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । 

यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । 

यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । 

यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved