इन्टरनेट र केबल टिभी सेवा प्रदायकलाई कुलमानको चेतावनी, ‘जुनसुकै बेला तार काट्छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 01:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट, टेलिफोन र केबल टिभी सेवा प्रदायकमाथि नेपाल विद्युत प्राधिकरण फेरि खनिएको छ । तत्काल पोल भाडा सम्झौता गर्न आउन प्राधिकरणले सेवा प्रदायकहरुलाई ताकेता गरेको हो । 

प्राधिकरणले आफ्ना पोल प्रयोग गरेर भाडा नतिरेको भन्दै फोन, इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुलाई बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न भनेको छ । बुधबार सूचना प्रकाशित गर्दै प्राधिकरणले अधिकांश सेवा प्रदायकहरुले पोलभाडा सम्झौता नगरी आफ्ना संरचनाहरु प्रयोग गरिरहेको भन्दै सम्झौता गर्न, नवीकरण गर्न वा हालसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न भनेको छ । 

प्राधिकरणले नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम नगर्न पनि दोहोर्याएको छ । 

सम्झौता नगर्ने सेवा प्रदायकहरुले लाइन विस्तार गरेको पाइए लाइन विस्तारमा प्रयोग गगरिएका सामाग्री नै नियन्त्रणमा लिने चेतावनी प्राधिकरणले दिएको छ । प्राधिकरणले सेवा प्रदायकलाई अटेर गरे जुसुकै बेला तार काट्न सक्ने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक नै हुने चेतावनी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved