चुनावमा इन्टरनेट र टीभी बन्द हुनसक्ने सेवा प्रदायकको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2022 | 06:22:57 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायकहरूले आउने हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएका छन् । 

आफ्ना अपस्ट्रिम सेवाप्रदायक (टाटा, एयरटेल, सिफि) लाई ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागी सरकारले विदेशी मुद्रा सिफारिस नगरेकाले इन्टरनेट काटिनसक्ने चेतावनी इन्टरनेट सेवा प्रदायक संघले दिएको हो । 

विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिती आएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको आरोप लगाएको छ । 

चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संघले जनाएको छ । 

टेलिभिजन सेवा प्रदायकहरूलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुन सक्ने चेतावनी संघले दिएको छ । 

आईस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved