इन्टरनेट सेवा बन्द हुन नदिनको लागि तत्काल वार्ता थाल्न क्यान महासंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2022 | 12:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुवाट ब्यक्त धारणाहरुप्रति क्यान महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुविच बुझाईमा असमानताका कारण  ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा अवरुद्द हुने सक्ने प्रति क्यान महासंघले चिन्ता ब्यक्त गरेको छ । महासंघले  समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको  लागि आग्रह गरेको छ। 

यस अघि इन्टरनेट सेवा प्रदायकहरूले आउने हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएका थिए। आफ्ना अपस्ट्रिम सेवाप्रदायक (टाटा, एयरटेल, सिफि) लाई ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागी सरकारले विदेशी मुद्रा सिफारिस नगरेकाले इन्टरनेट काटिनसक्ने चेतावनी इन्टरनेट सेवा प्रदायक संघले दिएको हो । 

विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिती आएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको संघले आरोप लगाएको छ । चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संघले जनाएको छ । 

टेलिभिजन सेवा प्रदायकहरूलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुन सक्ने चेतावनी संघले दिएको छ । आईस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved