नेपाल टेलिकमले सुरू गर्यो टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न मिल्ने ‘एनटीटीभी’ एपको परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 05:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर (Free-to-air) टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड (Android) को प्ले स्टोर (Play Store) तथा एप्पल (Apple) को एप स्टोर ( App Store) मा उपलब्ध गराइएको छ । उक्त एपमार्फत एन्ड्रोइड र IOS का मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ ।

यसको प्रयोग गर्न नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved