सुबिसुले सुरु गर्यो इन्टरनेट सेवाको जानकारीसँगै गिभअवे गर्न ठाउँठाउँमा मिटिङ प्वाइन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 09:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको हो ।

कम्पनीका अनुसार जसमार्फत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ, लेले लगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्नो प्याकेजहरूको बारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको छ । घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको 'मिटिङ प्वाइन्ट' मा सम्पर्क राख्न सक्नेछन् । ‘क्याम्पेन’ सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाको बारेमा जानकारी दिइरहेका छन् ।  आईप्लेक्स मल नयाँ बानेश्वर बाट राखिने ‘मिटिङ प्वाइन्ट’  क्रमशः काठमाडौं उपत्यकाका अन्य मुख्य मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ । 

अभियान अन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’ राखिने कम्पनीले जनाएको छ। यस क्रममा ग्राहकले आफ्नो नजिकै रहेको ‘मिटिङ प्वाइन्ट’मा गएर बिक्री र प्राविधिक सहायताको विषयमा जानकारी लिनुका साथै नयाँ कनेक्सनको लागि सोधपुछ गर्न सक्नेछन् । ‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने दश जना ग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ । साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved