वर्ल्डलिङ्क बन्यो नेपालमा एक्सजीएस पोन अपग्रेड गर्ने पहिलो इन्टरनेट कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 10:18:40 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (GPON) स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । 

कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमश  एक्सजीएस - पोन ( XGS-PON) मा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ। नेपालमा एक्सजीएस–पोन ( XGS-PON) मा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी हो । 

यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि  सेवाप्रदायकहरुले  डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै  दिने अवस्था थियो ।  

विद्यमान जीपोन  (GPON ) नेटवर्क प्रविधिमा २. ५  जीबीपीएस डाउनलिङ्‍क तथा १. २५ जीबीपीएस अपलिङ्क असममित (Asymmetric) ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन  । तर अब एक्सजीएस - पोन प्रविधिबाट सममित (Symmetric ) १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ ।

इन्टरनेट नेटवर्कमा पोन (PON) एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईवर पूर्वाधार (प्यासिभ  इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटर  (ONT)  मा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ  १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी छ ,  साथै पोन नेटवर्क लेटेन्सीमा (latency) पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ ।  

"सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ," कम्पनीले भनेको छ, "साथै विद्यमान जीपोनको तुलनामा  एक्सजीएस-पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ  ।"  

निकट भबिस्य एक्सजीएस - पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जी पोन (25G PON) को लागि पनि आफ्नो पुर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ । 

यसबाट अब भविष्य मा 1Gbps भन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने छ। कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर , भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ । साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा MPLS डेटा सेवा दिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved