दूरसञ्चार प्राधिकरणमा कर्मचारीको धर्ना कायमै, अध्यक्ष खनालसँग भएको वार्ता निष्कर्षबिहीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 05:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले दोस्रो दिन पनि धर्ना कायमै राखेका छन् । कार्यकक्षमा स्वच्छ हावा र प्रकाश नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरू सोमवारदेखि आन्दोलनमा उत्रिएका हुन्

प्राधिकरण व्यवस्थापनविरुद्ध २ दर्जन भन्दा बढी कर्मचारीहरूले जमलस्थित राष्ट्रिय नाचघरमा रहेको कार्यालयमा धर्ना दिएका हुन् ।  

मंगलवार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आन्दोलनरत कर्मचारीहरूलाई औपचारिक चिठी दिएरै वार्तामा बोलाएका थिए । तर वार्तामा कर्मचारीहरूले राखेको मागबारे ठोस निष्कर्ष निस्कन नसकेको कर्मचारी युनियनका अध्यक्ष विजयकुमार यादवले बिजपाटीलाई बताए ।

'हामीले राखेको ४ मध्ये सबै मागमा छलफल त भयो तर कुनै पनि मागमा निष्कर्ष निस्किएन,' यादवले भने, 'अध्यक्षले वार्ता कमिटी गठन गर्छु भन्नुभएको छ । त्यसपछि समस्या समाधान गर्ने कुरा होला ।'

यसैबीच कर्मचारीहरूले धर्नाको कार्यक्रम निरन्तर राख्ने भएका छन् । बुधवार पनि धर्नाको काम चल्ने यादवको भनाइ छ ।

प्रतिकुल कार्यालय वातावरणका कारण कर्मचारीहरुको खस्कदो स्वास्थ्य स्थितिलाई लिएर यूनियनले पटक पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको तथा यूनियनले २०७८/०९/०२ गते पेश गरेका मागहरु सम्बोधन नभएकाले २०७८/११/१९ गते स्थगित आन्दोलनका कार्यक्रमहरु साउन ९ गते देखि पूनः सुचारू गरिएको यूनियनले जनाएको छ  

श्रम नियमावली२०७५ को नियम ४४(ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावाप्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्नेयूनियनको तर्फबाट २०७८/०९/०२ मा पेश भएका मागहरु पुरा हुनुपर्नेकर्मचारीहरुलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासगं तत्काल आवद्ध गरिनुपर्नेर आधारभूत मापदण्ड समेत पुरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीवाट राष्ट्रिय नाँचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी/समिति उपर कारवाही हुनुपर्ने माग युनियनले राखेको छ।

यूनियनले आन्दोलनका कार्यक्रमहरु अन्तर्गत साउन ९ गतेदेखि साउन १३ गतेसम्म प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरुको Digital Signature Token संकलन गरी व्यवस्थापन समक्ष बुझाउने जनाएको छ। 

साउन १३ गतेसम्म उल्लेखित मागहरु पुरा नभए अझ कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने र आन्दोलनको अवधिभर यूनियनका कुनै पनि सदस्यहरु काजमा नजाने निर्णय यूनियनले गरेको छ 

कार्यकक्षमा खुला हावा र उचित प्रकाश हुनुपर्ने कर्मचारीको मागमा अध्यक्ष पुरुषोत्तम खनालले 'अब अक्सिजन किन्न लागेकोभन्दै कटाक्ष गरेको आरोप कर्मचारीहरूले लगाएका छन् । 

कर्मचारीले राखेको मागबारे आफू जानकार रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताएका छन् । बिजपाटीसँगको संक्षिप्त कुराकानीमा अर्यालले भने, 'उहाँहरूले आफ्नो स्वास्थ्यलाई लिएर राखेको माग पूरा गर्ने क्रममै छौं । नयाँ भवन लिने कुरा थियो तर जग्गामा विवाद भएका कारण समय लागेको हो ।'

प्राधिकरणका सहायक निर्देशक ओम प्रकाश महतोले ब्यबस्थापनले आफुहरुलाई रोगी बनाएको बताएका छन् । प्राधिकरणको वातावरण काम गर्न नसकिने खालको भएकोले आन्दोलनको विकल्प नभएको उनले बताए ।

उनले भने, 'सानो कार्यकक्ष छ । हावा  प्रकाश आउँदैन । हामीलाई भिटामिन डीको कमी भयोडाक्टरले त्यहाँ नबस भनेका छन् । यही कारणले म बिरामी भएर अहिले औषधि खाइरहेको छु । यस्तोमा बसेर काम गर्न सकिन्न अब  त्यसैले आन्दोलनको विकल्प देखेनौं ।'

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved