अब टिभी र इन्टरनेटको शुल्क एउटै बिलमा काट्न नपाइने, प्राधिकरणको निर्देशन कार्यन्वयनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 04:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले नेपाल दुरसंचार प्राधिकरणले दिएको ३ बुँदे निर्देशन पालना गर्ने भएको छ । संघले भदौ १३ गते प्राधिकरणलाई पत्राचार गर्दै संघका सदस्यहरुले प्राधिकरणको निर्देशन पालना गराउने र अरु इन्टरनेट सेवा प्रदायकलाई पनि पालना गराउन आफ्नो संयन्त्र गर्ने जानकारी दिएको हो । 

भदौ १६ गतेबाट नै प्राधिकरणको निर्देशनलाई चरणवद्द रुपमा लागु गर्न सुरु गरिएको संघले जनाएको छ ।  

प्राधिकरणले गरेको नयाँ ब्यबस्था अनुसार अब देखि इन्टरनेट सेवा प्रदायकहरुले अबदेखि सेवाअनुसार फरक फरक बिल काट्नुपर्ने छ। इन्टरनेट, टिभी तथा राउटर लगायतका सुविधाहरु जोडेर एकमुष्ट प्याकेज बनाएर सेवा प्रदान गर्नु गैरकानुनी हुने भएकाले प्राधिकरणले यस्तो निर्देशन दिएको हो। 

एकमुष्ट प्याकेज बनाएर केहि सेवा निशुल्क समेत प्रदान गर्नेगरि बन्डलिङ गर्नु गैरकानुनी हुने तथा यसरी बन्डलिङ तथा क्रस सब्सिडी गर्न नहुने अनुमति शर्तको मर्म विपरित हुने भएकाले यस्तो कार्य तत्काल बन्द गर्न प्राधिकरणले निर्देशन ,दिएको थियो।  यस निर्देशनअनुसार अबदेखि इन्टरनेट सेवा प्रदायकले इन्टरनेट, टिभी, राउटर जडान, मर्मत सम्भार लगायत ग्राहकलाई जुन जुन सेवा दिने हो त्यो स्पष्ट रुपमा खुलाउनुपर्ने र सेवा अनुसार अलग अलग रुपमा बिल काट्नुपर्ने भएको छ। 

यस्ता छन् प्राधिकरणको ३ बुँदे निर्देशन : 

१) विद्यमान अवस्थामा इन्टर्नेट सेवाको मूल्य र टि.भी. सेवा लगायत ONU (Optical Network Unit) तथा Router समेतको एकमुष्ट प्याकेज बनाएर केहि सेवा निःशुल्क समेत प्रदान गर्ने गरी Bundling गर्नु गैरकानूनी हुने तथा यसरी Bundling गर्नु Cross Subsidy गर्न नहुने भन्ने अनुमतिशर्तको मर्म विपरित
हुने भएकोले यस्तो कार्य तत्काल बन्द गर्ने ।

२) इन्टर्नेट सेवा प्रदायकहरुले इन्टर्नेट सेवा र टि.भी. सेवा समेत संयुक्त रुपमा संचालन तथा बिक्रि गरेको पाइएकोले कुनै सेवा प्रदायकले दुबै सेवा संयुक्त रुपमा संचालन गरिरहेको भए ग्राहकसँग शुल्क लिने क्रममा बिजक (Invoice) जारी गर्दा सेवा प्रकृतिको आधारमा इन्टर्नेट सेवा र टि.भी. सेवा लगायत
अन्य प्रकृतिको छुट्टाछुट्टै बिजक (Invoice) जारी गर्ने।

३) सेवा प्रदायकहरुले इन्टर्नेट सेवा संचालन तथा बिक्रि गर्ने क्रममा बिजक (Invoice) जारी गर्दा अनुमतिपत्रको शर्त बमोजिम सम्बन्धित प्याकेज तथा सेवाको प्राधिकरणबाट स्वीकृत भएको महशुलदरको मासिक मुल्य लगायत अन्य सेवाको रुपमा खुल्ने गरी इन्टर्नेट सेवाको शुल्क, मर्मत सम्भार शुल्क, जडान शुल्क, Router शुल्क लगायत अन्य सेवाको ग्राहकसँग लिने शुल्कको छुट्टाछुट्टै बिजक (Invoice) जारी गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved