डिशहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख नगद उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 07:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख जितेका छन् । वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थीतिमा, क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले पुरस्कार रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइने छ।

 लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved