फुयाँलको अध्यक्षतामा दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको नयाँ कार्यसमिति चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 04:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा मोहन प्रसाद फुयाँल चयन भएका छन् । विराटनगरमा सम्पन्न सङ्गठनको ११औ महाधिवेशनले सङ्गठनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरूमा राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिवमा मणि कुमार पोखरेल, उपमहासचिवहरूमा तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरूमा बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्षमा रोशन पाण्डे र सह–कोषाध्यक्षमा नरेश प्रसाद पटेल चयन भएका छन् । 

महाधिवेशनले कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११  बुँदे प्रस्ताव पारित गरेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved