आइतबारदेखि टेलिकमले ईसिम उपलब्ध गराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 09:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले माग अनुसारकै ईसिम उपलब्ध गराउने भएको छ ।

आइतबारबाट टेलिकमले सुन्धारास्थित काउन्टरबाट फाराम भर्ने सबैलाई ईसिम प्रदान गर्ने उपलब्ध गराउने भएको हो ।

आज शुक्रबारदेखि ईसिम वितरण सुरु गरेको भएपनि प्राविधिक कारणले सबैलाई दिन नसकिएको टेलिकमले जनाएको छ । केही दिनपछि टेलिकमले अन्य काउन्टरबाट पनि ईसिम वितरण गर्ने जनाएको छ । 

ईसिम लिन सेवाग्राहीले नेपाली नागरिकताको प्रमाणपत्र लिएर गएर फाराम भर्नुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved