टेलिकमको कम्बो अफरः १९९ मा ४२ सय एमबी डाटादेखि ४२० मिनेट भ्वाइस प्याकसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 03:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।  

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु. ३४९ मा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी रु. ४९९ मा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १ हजार ९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १ हजार ९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । 

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु. ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved