आईस्पानले सुरु गर्यो इन्टरनेटको तार ब्यबस्थित गर्ने कार्य, पहिलो चरणमा पुतलीसडकमा काम हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 02:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट तार व्यवस्थापन कार्य सुरु गरेका छन् । नेपाल दूरसंचार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय(काठमाडौँ उपत्यका), नेपाल बिद्युत प्राधिकरण समेतको सहकार्यमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थापन कार्य सुरु गरेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघका अनुसार  राजधानीको मुटु सिंहदरबार वरिपरि चरणवद्द रुपमा तारहरु  व्यवस्थापन गर्न लागिएको हो । हाल पहिलो चरणमा पुतलीसडकदेखि रामशाहपथ हुँदै तार ब्यबस्थापनको कार्य भईरहेको संघले जनाएको छ । राष्ट्र संघले 'इन्टरनेट पहुँचलाई मानवअधिकारको रुपमा' स्थापित गरिसकेको र नेपाल सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा लिएको अवस्थामा इन्टरनेट सेवा अवरुद्ध नहुने गरी प्रयोगबिहिन तारहरु हटाएर, बन्चिङ लगायतका विधि/ उपायबाट तार व्यवस्थापन कार्य भईरहेको संघले जनाएको छ । 

तारहरुको व्यवस्थापनको लागि अल्पकालिन समाधानबाट इन्टरनेट सेवा प्रदायक संघले कार्य गरिरहेको छ । दीर्घकालिन समाधानका लागि संघले पूर्वाधार कम्पनीका लागि नेपाल सरकारसंग लामो समयदेखि पहल गर्दै आएको छ । त्यस्तै संघले दूरसंचार सेवा प्रवाह गरिरहेका तारहरुका लागि छुटयाईको Duct (भूमिगत Duct/ Underground Infrastructure) को सहज पहुँचका लागि नेपाल बिद्युत प्राधिकरणलाई अनुरोध गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved