प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतपरिणाम आयो, कुन पार्टीले कति जिते ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 10:04:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण स्थानको मतपरिणाम आएको छ । आज बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा अन्तर्गतको प्रत्यक्ष तर्फको १६५ स्थान कै नतिजा आएको छ ।

प्रत्यक्षतर्फको १६५ स्थानको नतिजा अनुसार नेपाली कांग्रेसले सर्वाधिक सिट जितेको छ । कांग्रेसले ५७ सिट जितेको हो । त्यस्तै नेकपा एमालेले ४४ सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । नेकपा एकिकृत समाजवादीले १० सिट जितेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७-७  सिट जितेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले समान १-१ सिट जितेका छन् । बाँकि ५ स्थानमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि आज नै सार्वजनिक गर्ने जनाएको छ । हालसम्मको गणना अनुसार प्रतिनिधिसभाको समानुपातिक मतगणनामा नेकपा एमाले अगाडी रहेको छ । एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६२ हजार १ सय २४ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत ल्याएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved