किन अवरुद्द भयो एनसेलको नेटवर्क ? यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2022 | 06:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै  माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।


एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं, भनि माफी समेत मागेको छ ।


यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

सूचनामार्फत एनसेल भन्छ, हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved