दूरसञ्चार प्राधिकरणद्वारा कुलमानलाई कारबाहीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 06:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्टरनेट सेवा प्रदायकले शुल्क भुक्तानी, प्राधिकरणको पोलमार्फत नै तार टाँगेकाले त्यसको शुल्क भाडा भूक्तानी गर्न भन्दै अटेर गरे लाइन काट्ने चेतावनी दिएका थिए । सो पश्चात प्राधिकरणले लाइन काट्न थालेको थियो ।

विद्युत् लाइन काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाही गर्ने चेतावनी दिएको हो । विद्युत् प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको विद्युत् काटिदिँदा केही स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । इन्टरनेट नचल्दा बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको दूरसञ्चारले जनाएको छ ।

दूरसञ्चारले सूचनामा भनेको छ ‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।’

प्राधिकरणले आपसी छलफलबाट समस्याको समाधान गर्न पनि भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved