इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 12:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सातौ संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ गत शुक्रवार द सोल्टी काठमाडौंमा सम्पन्न भएको छ। एक हजारबढि विशिष्ट व्यत्तिहरुको उपस्थितीमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित १४ विधामा सर्वोत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको छ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस वर्ष पहिलो पटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टर्टाअप आइसिटी अवार्ड २०२२ को आयोजना गरिएको थियो। उक्त विधामा भारत बैंङ्लोरको टेक फोर बिलियन कम्पनीले अवार्ड प्राप्त गरेको छ। विभिन्न ५ देशहरुबाट उत्कृष्ट ५ स्टार्टअपहरु अवार्डमा सहभागी हुन नेपाल आएका थिए।

अवार्ड वितरण कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, सचिवहरु डा. बैकुण्ठ अर्याल, केवल प्रसाद भण्डारी, मधु मरासिनी, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले विजेतालाई अवार्ड वितरण गरेका थिए । यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नास्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठ, संघिय सरकारका सांसदहरु ठाकुर गैरे, महेश बर्तौला, शिशिर खनाल, मनिष झाको पनि उपस्थिती रहेको थियो । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, डिप्युटी गर्भनर बम बहादुर मिश्र, पूर्वमन्त्री गणेश शाह लगायतका विशिष्ट व्यत्तिहरुले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव बैरागीले आइसिटीको क्षेत्रमा अझ धेरै गर्न बाकि रहेको भन्दै दुरदराजसम्म प्रविधिलाई सहज पहुच पुर्याउदै विकास र उन्नत जिवनशैलीको लागि काम गर्नुपर्ने बताए। त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको भन्दै बिजेतालाई सिंहदरवार निमन्त्रणा गरेका छन ।

आइसिटी अवार्डले नयाँ नयाँ इन्नोभेसनलाई प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । त्यस्तै इन्फोडेभलपर्सका ग्रपु अध्यक्ष सञ्जिब राजभन्डारीले नेपालले इन्टेलुक्चुअल प्रर्पटीमा पनि काम गर्नुपर्ने सुझाव दिए । उनले पुपरी सफ्टवेरलाई इन्फोडेभलपर्सको सहकार्यमा नयाँ ढंगले विस्तार गर्ने तयारीमा रहेको बताए।

यसैगरी काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन्। काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको समेत जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफुले पहल गर्ने बताए।

यस वर्ष इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसमा ५५० बढिको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १३ जना स्वदेशी र ३ जना अन्तराष्ट्रिय विज्ञ जुरीले २५ वटा बढि मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए । विगत ६ महिनाको आइसिटी अवार्डको छनौट प्रकृयाको क्रममा आयोजकले १० भन्दाबढि प्रि इभेन्ट क्याम्पियनहरु आयोजना गरेको अध्यक्ष राजन लम्सालले बताए ।

ग्राण्ड फिनाले कार्यत्रलम कान्तिपुर टेलिभिजन सहित विभिन्न टेलिभिजन, अनलाइन र डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रशारण गरिएको थियो । ग्राण्ड जुरी तथा स्टार्टअपहरुको पिचिङ सेसनलाई विभिन्न ४ विशेष श्रृंखलाहरु टेलिभिजनमा प्रशारण भएको थियो । 

इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन प्रायोजकको रूपमा रहेका छन् ।

विश्वप्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन् । यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी कार्यक्रमको आईटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, एडटेक पार्टनरमा वेद, एआई टेक पार्टनरमा फ्युज मेसिन्स, डेटा सेन्टर एण्ड क्लाउड पार्टनरमा सिल्भर लाइनिङ लगायतको सहकार्य रहेको थियो ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ का विजेता र उत्कृष्ट ५ ले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट प्राप्त गरेका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद पुरस्कार दिएको छ ।

यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा २ लाख रुपैयाको क्लाउड सर्पोट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी सस्थाहरुले विभिन्न किसिमले सेवाहरु निशुल्क प्रदान गरेका छन् । स्टार्टअप, प्रडक्ट र आइडियाहरुको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरु सञ्चालन हुने छन्।

यि हुन आइसिटी अवार्ड २०२२ का विजेताहरुः

–ह्वावे स्टार्टअप आइसिटी अवार्डः मोनाल टेक प्रालि

–प्रडक्ट आइसिटी अवार्डः गल्ली म्याप्स

–राइजिङ स्टार आइसिटी अवार्डः मेरो कारोबार

–पब्लिक च्वाइस आइसिटी अवार्डः बिआइसि टेक्नोलोजी (टिग)

–डिजिटल एजुकेशन आइसिटी अवार्ड–प्राइभेट सेक्टरः ज्ञानोदय बाल बाटिका स्कुल, खोकना

–डिजिटल एजुकेशन आइसिटी अवार्ड–पब्लिक सेक्टरः ज्ञानोदय माध्यमिक विद्यालय, बाफल

–एनसेल वुमन आइकन आइसिटी अवार्डः  शिला कंसाकार कार्की

–नेपाल टेलिकम पायोनियर आइसिटी अवार्डः विजय कृष्ण श्रेष्ठ

–आन्टरप्रेनर आइसिटी अवार्डः मंगेशलाल श्रेष्ठ

–नेपाली डायस्पोरा आइसिटी अवार्डः डा. वेद काफ्ले

–डिजिटल सर्भिसेस आइसिटी अवार्डः फोनपे पेमेन्ट सर्भिसेस लिमिटेड

–डिजिटल गभर्नेन्स आइसिटी अवार्डः बैदेशिक रोजगार विभाग

–साउथ एसिया स्टार्टअप आइसिटी अवार्डः टेक फोर बिलियन (चिंगारी)

–जुरी मेन्सन आइसिटी रिकग्निसनः दिक्षान्त पाण्डे (पाइथन भ्वाइस असिस्टेन्ट)

सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु–प्रदेश १ देखि सुदुरपश्चिमसम्म क्रमशः क्युरा हेल्थ, इजिइट्स, नलेज एक्सचेन्ज, स्वस्तिक न्युट्री फुड, फरिद डटकम (एम सेक्युरिटी), सुर्खेत सफ्ट र पाथिभरा सेन्सर सोलुसन उद्योग रहेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved