एनसेलले घटायो फोन गर्दा लाग्ने शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 05:39:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले प्रिपेड ग्राहकहरुको लागि कल गर्दा लाग्ने शुल्क घटाएको छ  ।  एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको जनाएको हो। 

एनसेलका अनुसार प्रिपेड ग्राहककालागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात पेएजयूगोको नयाँ महशुल दर आज आइतबार (पुस १७) देखि लागू भएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक रु १.९९ शुल्क रहेको थियो ।

यो नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले  अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर कर सहित प्रति मिनेट मात्र रु २.०५ मा कल गर्न सक्ने कम्पनीले जनाएको छ। यस अघि यो शुल्क कर सहित रु २ं.५२ रहेको थियो ।

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved