मंगलबार नेटवर्कमा समस्या आएकोबारे टेलिकमले दियो प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 04:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले मंगलबार आफ्नो नेटवर्कमा आएको समस्याबारे प्रष्टीकरण दिएको छ । टेलिकमका अनुसार मिति २०७९।१०।०३ गते करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको थियो ।

समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावहरुले असजिलोपन व्यहोर्नु परेको टेलिकमले जनाएको छ । यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको  छ ।

 भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने जनाएको छ । सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न सदा प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ  । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहकमा अनुरोध गरेको छ।   





शोभन अधिकारी

    प्रवक्ता

नेपाल टेलिकम









Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved