जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 05:03:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ ।  डिशहोमका वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहले शोरुम उद्घाटन गरेका हुन् ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिने डिशहोमले जनाएको छ। 

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने शोरुम संचालक सुनिल महतोले जानकारी दिए ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved