इन्टरनेटका लागि मासिक ८० करोड विदेशिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 11:29:32 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट ब्याण्डविथ आयात गरेबापत नेपालबाट मासिक ६० लाख ७५ हजार अमेरिकी डलर बाहिरिने गरेको छ ।  जसलाई आजको मितिमा हेर्दा झन्डै ८० करोड नेपाली रुपैयाँ बराबर हुन्छ । नेपालमा भएका  विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत इन्टरनेट ब्याण्डविथ खरिदका लागि उक्त रकम देश जाने गरेको हो । 

दुरसञ्‍चार प्राधिकरणका अनुसार नेपालबाट हाल करिब १३५० जीबी इन्टरनेट ब्याण्डविथ मासिक रुपमा  खरिद हुँदै आएको छ । जसका लागि  ६० लाख ७५ हजार अमेरिकी डलर (करिब ८० करोड नेपाली रुपैयाँ) भुक्तानी हुने गरेको देखिन्छ ।

यसरी सेवाप्रदायकहरुले अन्तर्राष्ट्रिय बजारबाट  इन्टरनेट ब्याण्डविथ खरिद गर्दा  प्रतिएमबीपीएस औसत ४.५० अमेरिकी डलर (करिब पाँच सय ८६ रुपैयाँ) का दरले  नेपालमा इन्टरनेट ब्यान्डविथ  आयात गर्ने गरेका छन् । औसतमा हेर्दा  वार्षिक ९ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम नेपालबाट बाहिरिने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved