
नेपाल टेलिकमले १९औं वार्षिकोत्सवको अवसरमा विशेष अफर ल्याएको छ। यस अन्तर्गत जम्मा २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा ३ दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा १ दिनका लागि १ एमबिपिएस डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यसैगरी २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको कम्पनीले उल्लेख गरेको छ । यसैगरी नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी अफर माघ २२ देखि फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।