वर्ल्डलिंकले ल्यायो ३ अर्ब ३३ करोड विदेशी लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 07:51:13 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले २ चरणमा गरेर ३ अर्ब ३३ करोड विदेशी लगानी भित्र्याएको छ। कम्पनीले आज झन्डै २ अर्ब विदेशी लगानी भित्र्याएको जानकारी दिएसँगै  कम्पनीले ल्याएको विदेशी लगानीको आकार ३ अर्ब ३३ करोड पुगेको हो।

कम्पनीले आज ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा ईम्प्याक्ट फण्ड २ बाट ९० करोड गरि कुल १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो। सन् २०१९ को अक्टोबरमा कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ३५ करोड विदेशी लगानी ल्याएको थियो। यस सँगै कम्पनीले ल्याएको विदेशी लगानीको आकार ३ अर्ब ३३ करोड पुगेको छ ।

थपिएको विदेशी लगानी इन्टरनेट सेवा विस्तार गर्न प्रयोग गरिने र थप १ हजार रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved