नेपाल टेलिकमको नेटवर्कमा आज पनि समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 12:04:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको नेटवर्कमा आज बुधबार पनि समस्या देखिएको छ । बुधबार बिहान टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

टेलिकमले भने हाल समस्या समाधान भईसकेको जनाएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले छोटो समयको लागि नेपाल टेलिकमको भोल्टी (VoLTE) प्रणालीमा केही प्राविधिक समस्या आई भोल्टी भ्वाइस सेवामा केही कठिनाई देखिएको र हाल समस्या समाधान भइसकेको बताए । उनका अनुसार कम्पनीका डाटा तथा भ्वाइस सेवाहरु निर्वाध रुपमा चलिरहेको छ।

छोटो समयका लागि ग्राहकहरुमा पर्नगएको असुविधाप्रति क्षमा माग्दै कम्पनीले सेवाहरु यथावत् रुपमा प्रयोग गर्न कुनै कठिनाई महशुस भएमा मोबाइल स्वीच अफ गरी अन गर्न अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved