९७० बाट सुरु हुने मोबाइल नम्बर प्रयोगमा ल्याउँदै एनसेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 09:02:16 AM मा प्रकाशित

laxmi  sunrise bank

दुरसंचार सेवा प्रदायक एनसेलले ९७० बाट सुरु हुने मोबाइल नम्बर प्रयोगमा ल्याउने भएको छ । एनसेल आजियाटा लिमिटेडले  ९७०XXXXXXX देखी सुरु हुने नयाँ मोबाइल नम्बर सुचारु गर्न लागेको जनाएको हो ।

 नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मिति २०७८/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार  नयाँ नम्बर प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ । यस नयाँ नम्बरका साथ आगामी दिनहरुमा ग्राहकहरुलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्ने प्रतिवद्दता एनसेलले व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved