आईसिटी डेको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 12:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेशनल आई सिटी डे) को अवसरमा ग्राहकहरुका लागि अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ ।

यो अफर आज (२०८० बैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ । 

 ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved