सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि अध्यक्ष ढकालको आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 04:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारी हुनुपर्ने भन्दै यसका लागि सार्वजनिक आह्वान गरेका छन् । 

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडी बढिसकेकाले थप सहजीकरण गर्न सरकारसँग आग्रह गरेका हुन् । डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ । 

‘सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ, सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक छ’ अध्यक्ष ढकालले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा संचार प्रविधि विकास समिति गठन गरेको पनि अध्यक्ष ढकालले  बताए । सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरेका छन् ।

सूचना प्रविधिको उपयोगबाट बढि भन्दा बढि फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाई मान्यता दिइ प्रयोगमा ल्याउन, कर, व्याजदर लगायतमा सुबिधा दिएर सूचना प्रविधि हवको विकासमा सघाउन पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved