१३ वटा रुट तोकेर आजदेखि काठमाडौँको सडक पोलका तार व्यवस्थापन सुरु, कुन अवस्थामा काटिन्छन् तार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 09:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरण, इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक र काठमाडौँ महानगरपालिकाको समन्वयमा आजदेखि सडकका पोलमा रहेका तारहरुको व्यवस्थापन सुरु गरिने भएको छ। टेलिफोन तथा इन्टरनेट लगायतको तारहरु सडक छेउको पोलहरुमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकोले शहरी सुन्दरतामा ह्रास पुग्न जानुको अलवा दुर्घटना समेत हुने गरेकोले यसरी प्रयोगमा नआएको, गुजुल्टिएको, चुँडिएको तथा लत्रिएको तार हटाई व्यवस्थित गर्न लागिएको हो ।

तार व्यवस्थापनको लागि १३ वटा रुट तोकिएको छ। जस अनुसार माईतिघर देखि एयरपोर्ट, त्रिपुरेश्वर देखि महाराजगञ्ज, न्यूरोड-बसन्तपुर हुँदै असन, माईतिघर-पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली-नारायणहिटी - कमलादी हुँदै रानीपोखरी, डिल्लीबजार - अनामनगर हुँदै नयाँ बानेश्वर , नक्साल - बालुवाटार हुँदै शीतल निवास, माईतिघर- त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर-अस्कल-रानिवारी हुँदै सामाखुशी, सोह्रखुट्टे-ढल्को-ताहाचल हुँदै स्वयम्भु, सिनामंगल-पुरानो बानेश्वर हुँदै गौशाला गौशाला- बौद्धनाथ, र कालिमाटी-कुलेश्वर हुँदै बल्खुसम्मको रुट तय गरिएको छ ।

प्राधिकरणका अनुसार माथि उल्लेखि भए बमोजिमका रूटहरूमा क्रमशः तारहरू व्यवस्थित गर्ने कार्यक्रम रहेको हुँदा सबै सेवाप्रदायकहरूलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका निर्देशन समेत दिईएको छ। सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नं. खुल्ने गरी तारमा ट्याग हुनुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाईएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने छ । साथै, सेवाप्रदायकहरूले आफ्नो नेटवर्क विकास तथा विस्तार गर्दा अनिवार्य रूपमा प्राधिकरणबाट जारी गरिएको "Directives for Laying and Maintaining Optical Fibre Network" बमोजिम हुने गरी मात्र तार व्यवस्थापन गर्ने गराउने कार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved