एमडीएमएस लागूः श्रम भिसामा विदेश गएकाले मात्रै २ वटा मोबाइल ल्याउन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 02:14:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भोली जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले २ वटा मोबाइल ल्याउने पाउने गरी एमडीएमएस प्रणाली लागु हुने भएको हो । 

यसअघि एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो । उक्त व्यवस्थाको कडा आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एमडीएमएस प्रणाली तत्काल लागू नगर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए । 

अहिले पुनः निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्था संशोधन गर्दै २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेर एमडीएमएस लागू गर्न लागिएको हो । दूरसञ्चार प्राधिकरणले पनि मोबाइल फोनको आयात र प्रयोगलाई व्यवस्थित गर्न जेठ १ देखि एमडीएमएस लागु गर्ने जनाएको छ । 

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल फोनहरु भन्सार कार्यालयमा जाँच पास भएसिछ एमडीएमस प्रणालीमा स्वतः दर्ता हुनेछन् । यस्ता फोनहरु सम्बन्धित व्यक्तिले दर्ता गर्न सक्नेछन् । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने हुन्छ । 

भन्सार विभागका अनुसार विदेशबाट फर्कने नेपालीहरुले आफुले प्रयोग गरिरहेको मोबाइल र थप अर्को एउटा गरी २ वटासम्म मोबाइल ल्याउँदा अब महसुल लाग्दैन । तर, यसरी आफूले चलाइरहेको एउटा र अर्को थप ल्याउन श्रम स्वीकृति लिएर विदेश गएर फर्किएको हुनुपर्छ । 

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरेर फर्किएकाहरुले मात्रै आफूले चलाइरहेको सहित थप १ थान मोबाइल ल्याउन पाउने छन्, यसका लागि वैशाख २६ गतेको मन्त्रिपरिषदको निर्णय आइसकेको छ, भोलीबाट कार्यान्वयन हुने गरी दूरसञ्चार प्राधिकरण र भन्सार विभागबीच आवश्यक प्रणालीगत समन्वय भइसकेको छ’ भन्सार विभागका निर्देशक पुण्यविक्राम खड्काले भने । 

एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल फोनहरु अब चल्ने छैनन् । 

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर सम्बन्धित देशमा ६ महिना बसेर फर्किएको व्यक्तिले मात्रै एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउँछन्,’ निर्देशक खड्काले भने, ‘अन्य प्रयोजन (टुरिष्ट भिसा, स्टुडेन्ट भिसा) का लागि विदेश गएकाले आफूले चलाइरहेको भन्द अर्को मोबाइल ल्याउन पाउँदैनन्, ल्याएको खण्डमा तोकिएको भन्सार महशुल दाखिला गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved