
 2mb (1).gif)
मोबाइल फोनको आयात र प्रयोगलाई व्यवस्थित र्ने उद्देश्यले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आज जेठ १ गतेबाट लागू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आजबाट यो प्रणाली लागू भएकाले अब अवैध रुपमा भित्रिएका मोबाइल फोन चल्ने छैनन् ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब मोबाइल फोनको बजार पूर्ण वैधानिक हुने विश्वास लिइएको छ ।
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् २०७९ साउनदेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सारिएको थियो । तर विदेशबाट फर्किने नेपालीले एउटा मात्रै मोबाइल ल्याउन पाउने लगायतका प्रावधानमा विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा यो प्रणाली तत्काल लागू हुनबाट रोकिएको थियो ।
अब के हुन्छ ?
यो प्रणाली लागू भएपछि अब विदेशबाट आउने नेपालीले ल्याएको मोबाइल नेपाल आएको १५ दिनभित्र आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा दर्ता गर्नुर्छि । यदि, दर्ता नगरी नगरिए उक्त मोबाइल चल्दैन । तर, वैशाख ३१ गतेसम्म विदेशबाट ल्याएको फोनमा सिमकार्ड राखिसकेको छ भने उक्त फोन सिस्टमले अटोमेटिक एमडीएमएस प्रणालीमा दर्ता गर्छ र मोबाइल चल्छ ।
वैशाख २६ गतेको मन्त्रिपरिषद बैठकले विदेशबाट फर्किने नेपालीलाई २ वटासम्म मोबाइल ल्याउन दिने निर्णय गरे को थियो । तर, यसका लागि श्रम भिसामा विदेश गएर सम्बन्धित देशमा ६ महिना काम गरेको हुनुपर्छ । अन्य कामका लागि विदेश गएर फर्किनेले भने एउटा आफूले चलाइरहेको फोन मात्रै ल्याउन पाउँछन् । थप मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्छ ।