खारेज भएको स्मार्ट टेलिकमबारे दूरसञ्चार प्राधिकरणले फेरि निकाल्यो अर्को सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 10:07:58 AM मा प्रकाशित

laxmi  sunrise bank

खारेज भएको स्मार्ट टेलिकमको विषयमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पुनः अर्को सूचना जारी गरेको छ । स्मार्ट टेलिकम प्रा.लि.को सबै सम्पत्ति नियन्त्रणमा लिएको प्राधिकरणले आज फेरि एउटा सूचना जारी गर्दै स्मार्ट टेलिकमले व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने दायित्व सबै उसकै हुने जनाएको छ ।

२०८० साल बैशाख २१ गतेसम्मको सम्पूर्ण दायित्व स्मार्ट टेलिकम आफैंले ब्योहोर्नुपर्ने प्राधिकरणले जनाएको छ।  संस्था र व्यक्तिलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने बक्यौता भए त्यो स्मार्ट टेलिकमकै दायित्वमा पर्ने जनाएको प्राधिकरणले जनाएको छ । 

‘स्मार्ट टेलिकम प्रा.लि.लाई नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडि (मिति २०८०÷०१÷२१ गते) स्मार्ट टेलिकम प्रा.लि.बाट संस्था÷सर्वसाधारण व्यक्तिलाई तिर्नु÷बुझाउनुपर्ने बक्यौता निज प्रा.लि.कै दायित्व भएको हुँदा सम्पूर्ण दायित्व स्वयम् स्मार्ट टेलिकम प्रा.लि.ले नै व्यहोर्नुपर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved