टेलिकममा जागिर खुलेको ‘फेक सूचना’ भाइरल भएपछि टेलिकमद्वारा खण्डन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 04:20:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले टेलिकममा कर्मचारी माग गरिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएका सूचनामा सत्यता नरहेको जनाएको छ । आज एक विज्ञप्ति जारी टेलिकमले फेसबुक अन्य सामाजिक सञ्जालमार्फत टेलिकममा कर्मचारी माग गरिएको भन्दै फैलिएको सूचनामा सत्यता नरहेको जनाएको हो ।

‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’ टेलिकमले भनेको छ, ‘कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन अनुरोध गरिन्छ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved