नेपाल टेलिकमको गणतन्त्र दिवसमा विभिन्न अफर, विभिन्न प्याकेजमा छूट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 01:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि गणतन्त्र दिवस अफर उपलब्ध गराउने भएको छ ।

सो अफर सोमबारदेखि शुरु भएर आगामी जेठ १६ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

यसैगरी, डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने छ जीबी डाटा, १९९  रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र  ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । 

पोस्टपेड मोबाइल प्रयोगकर्ताले उक्त प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध हुने पनि कम्पनीले बताएको छ ।

आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट*1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved