नेपाल टेलिकमले ल्यायो उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2024 | 06:42:02 PM मा प्रकाशित

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ ।

कम्पनीको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका  एफटीटीएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।

यसैगरी, कम्पनीले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा एनटी टिभीका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा  प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको बताएको छ ।

ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु आलाकार्टा गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।  यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved