सार्वजनिक भयो आईफोन-१६ सिरिज, शुरुवाती मूल्य १ लाखभन्दा माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2024 | 10:12:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी प्रविधि कम्पनी एप्पलले नयाँ आईफोन सिरिज सार्वजनिक गरेको छ ।

सोमबार अमेरिकाको क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी चार वटा मोडेल सार्वजनिक गरेको हो । जसमा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्यामेरा प्रणालीमा उल्लेखनीय सुधार गरिएको बताइएको छ। 

कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन र प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ मा ६.१ इन्च र आईफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले छ । त्यसैगरी प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ । 

कम्पनीले सार्वजनिक गरेका आईफोनका सिरिजहरुमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको दाबी गरेको छ । तर ब्याट्रीको क्षमताबारे कम्पनीले केहि बताएको छैन ।  

यी मोडेलमा एप्पल इन्टेलिजेन्सका सबैभन्दा स्तरीय फिचरहरू प्रयोग गर्न सकिनेछ । एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ सिरिजलाई सिरीलाई जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक भनेकै भरमा मोवाइलले नोट एपमा भनेको कुरा टाइप गरिदिनेछ । 

यसमा भएको एआईले नै फोटोलाई आवश्यकता अनुसार इडिट पनि गर्दछ ।  बेसिक मोडलमा ए १८ प्रो बायोनिक चिपसेट र प्रो मोडेलमा ए १८ प्रो बायोनिक चिप समावेश गरिएको छ । यो चिपसेट यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले बताएको छ ।  ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ । त्यस्तै ए १७ प्रोभन्दा यो चिपसेट दुई गुणा तिब्र क्षमताको छ ।

फोटोग्राफीका लागि आईफोन १६ र आईफओन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा छ । यसले ४८ मेगापिक्सेलसम्मको फोटो खिच्न सक्छ । यी बेसिक मोडेलमा भएको क्यामेरा आईफोन १४ भन्दा चार गुणा स्तरीय भएको कम्पनीको दाबी छ । 

भिडियोमा अडिओ क्वालिटी पनि धेरै राम्रो र त्यसमा भएको मेसिन लर्निङले अनावश्यक साउन्ड तत्कालै हटाइदिने बताइएको छ । आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ । आईफोन १६ को मूल्य ७९९ डलर* (करिब १ लाख ७ हजार रुपैयाँ) र आईफोन १६ प्लसको शुरुवाती मूल्य ८९९ डलर (१ लाख २० हजार रुपैयाँ) पर्ने छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कूकले विश्व बजारमै व्यवसाय वृद्धिमा आईफोनका सिरिजले ठूलो भुमिका खेल्ने बताएका छन् ।सो अवसरमा उनले यसलाई कम्पनीको ‘नयाँ युगको शुरुवात’ भनेर व्याख्या गरेका छन् ।उता आईफओन १६ प्रोको मूल्य ९९९ डलर (करिब १ लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको मूल्य १ हजार १९९ डलर (करिब १ लाख ६० हजार रुपैयाँ) पर्न आउने देखिन्छ ।

कम्पनीका यी मोडलहरु सार्वजनिक भएलगत्तै प्रि-अर्डरहरू शुरु भइसकेका छन् तर नेपाली बाजरमा आउन भने अझै केहि समय लाग्न सक्ने देखिन्छ ।एजेन्सीहरुको सहयोगमा

*१ डलर = १३४.०४ रुपैयाँ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved